काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले बढेको छ । हिजो ३ हजार ७ सय रुपैयाँ तोलामा घटेको सुनको मूल्य आज ३ हजार ८ सय रुपैयाँ तोलामा बढेको हो ।
मूल्य बढेर आज सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ५७२० रुपैयाँमा पुगेको छ ।






















