ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

१ लाख घरधुरीमा जोडियो वाईफाई नेपालको इन्टरनेट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाईफाई नेपाल’ ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको हो।

नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाईफाई नेपाल देशभर १०० भन्दा बढी शहरहरूमा विस्तार भईसकेको छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयमार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेको छ।

सन् २०२६ मा तीन वर्ष पुरा गरेको यस वाईफाई नेपालले देशभर ५०० भन्दा धेरै कर्मचारीमार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाईरहेको जनाएको छ।

वाईफाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ को रूपमा चिनाउँदै आएको छ र सहजरुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारहरूलाई सेवाको केन्द्रमा राखेको छ। सस्तो तथा सुलभ दरमा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै वाईफाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगी/व्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ।

छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो।सन् २०२५ मा वाईफाई नेपाल आफ्नो बलियो उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो।

१ लाख ग्राहक जोडिनुले ग्राहकहरूको वाईफाई नेपाल प्रतिको माया र विश्वास दर्शाउने कम्पनीको भनाइ छ। प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भने, “ग्राहक महानुभावहरूले वाईफाई नेपाल प्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौं। यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ।”

वाईफाई नेपालले देशभर अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर कम गर्ने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको जनाएको छ।

Health Tips Ad Road Block