काठमाडौं । बिहीबार फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने चरणमा रहेको छ । जसअन्तर्गत १ करोड ३ लाख १० हजार ३३० मत गणना सकिएको छ । त्यसका सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गरेको छ ।
नेपाली काँग्रेसले १६ लाख ७६ हजार ३१० मत, नेकपा (एमाले)ले १३ हजार ९१ हजार ६९८ मत, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५४ हजार ४७३ मत, श्रम संस्कृति पार्टीले ३ लाख ४८ हजार १७८ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २३ हजार ९९ मत, जनता समाजवादी पार्टी, नेपालले १ लाख ७० हजार १३१ मत, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार १०० मत प्राप्त गरेको छ ।






















