काठमाडौं । बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आउने अवस्था बन्दै गएको छ । अब प्रत्यक्षतर्फ ४ स्थानको टुंगो लाग्न बाँकी छ भने समानुपातिकको मत पनि गणना भइरहेको र त्यसको परिणाम आउनेक्रम जारी रहेको छ ।
अहिलेसम्म समानुपातिकतर्फ ९२ लाख ३९ हजार ९४७ मत गनिएको निर्वाचन आयोगले जनाएको छ । त्यसआधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ४४ लाख ६२ हजार ८४९ मत प्राप्त गरेको छ ।
दोस्रोमा नेपाली काँग्रेसले १४ लाख ९५ हजार ८४२ मत पाएको छ । त्यसैगरी नेकपा (एमाले)ले १२ लाख ५१ हजार ७९६ मत, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ७० हजार ९६४ मत,
श्रम संस्कृति पार्टीले ३ लाख २० हजार २८१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ लाख ९७ हजार ७७२ मत पाएको छ ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालले १ लाख ४३ हजार ३५ मत र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ४० हजार ८४ मत पाएको छ । बाँकी अरु दलले एक लाख मत कटाउन सकेका छैनन् ।






















