ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

Citizenlife ad 2082 falgun to baishak 2083

नवलपरासी । दाउन्ने सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताएका छन् ।

त्यहाँ दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् । अहिले पनि सिमसिम पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा समस्या आउने जनाइएको छ । सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

Health Tips Ad Road Block