काठमाडौं । बिहीबार सम्पन्न मतगणना गन्ने कार्य अन्तिम चरणमा पुगेको छ । पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर १२४ स्थानमा जित हासिल गरेको छ भने १ स्थानमा अग्रता कायमै गरिरहेको निर्वाचन आयोगले जनाएको छ । कुल १६४ स्थानको मतगणना भएको छ।
रास्वपापछि नेपाली काँग्रेसले १७ स्थानमा जित हासिल गरेको छ । १ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।
त्यसैगरी नेकपा एमालेले ८ स्थानमा जित हासिल गरेको छ भने १ स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा जित हासिल गरेको छ ।
श्रम संस्कृति पार्टीले ३, राप्रपा १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।






















