ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुनसरी १ बाट हर्कराज राई (साम्पाङ) विजयी

Citizenlife ad 2082 falgun to baishak 2083

धरान । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएका छन् । राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गरे ।

राई ८ हजार ४ सय ९२ बढी मतान्तरले विजयी भएका हुन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत, नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत, नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत प्राप्त गरे ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन् । सुनसरी १ को कुल मतमध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो । जसमा ४ हजार ३ ८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सामाजिक अभियान्ता, सडक आन्दोलन, स्वतन्त्र नगर प्रमुख हुँदै राई संघीय संसदसम्म पुगेका हुन् ।

Health Tips Ad Road Block