ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

समानुपातिक अपडेटः करिब ३३ लाख मत गन्दा रास्वपा एक्लैको साढे १६ लाख, अरु लाख कटाउने दलहरु यी हुन् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी छ । अहिलेसम्म ३२ लाख ९३ हजार ९४५ मत गण्ना भइसकेको छ । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ लाख ४१ हजार १५३ मत प्राप्त गरेको छ ।

समानुपातिकमा १ लाख मत कटाउने दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्रै रहेका छन् ।

समानुपातिकमा नेपाली काँग्रेसले ५ लाख ५५ हजार ९०० मत पाएको छ ।

यस्तै नेकपा (एमाले) ले ४ लाख ६४ हजार ३४१ मत, नेपाली कम्युनिष्ट पार्टीले २ लाख २५ हजार ७८१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख १९ हजार ७६७ मत प्राप्त गरेको छ ।

 

Health Tips Ad Road Block