ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपाल टेलिकमले उपलब्ध गराइरहेको ग्रुप एसएमएस धेरै उपयोगी, कति रुपैयाँमा कति एसएमएस गर्न सकिन्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध छ । यो सेवा प्रयोग गरेर एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटा सम्म सामूहिक सन्देश पठाउन सकिन्छ ।

एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुले पहिले देखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकैपटक धेरै जनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा हालको सन्दर्भमा समेत निकै नै उपयोगी हुन सक्छ ।

यस अन्तर्गत रु. १,२४३ मा २ हजार एसएमएस, रु. ३,१०८ मा ५ हजार एसएमएस र रु. ६,२१५ मा १० हजार एसएमएस पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट नचयगउकmक।लतअ।लभत।लउ लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आवश्यक नम्बरहरु एक्सेल शिटमार्फत अपलोड गर्नुपर्छ । त्यसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिने टेलिकमका प्रवक्त रविन्द्र मानन्धरले बताएका छन् ।

Health Tips Ad Road Block