ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको संचालक समितिको ११४ औं बैठकले आ.व. २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी पन्ध्र करोड चौँतीस लाख पैतालिस हजार रुपैयाँको ९.५० प्रतिशतले बोनश शेयर दिने घोषणा गरेको छ । बैठकले ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनश शेयर तथा नगद लांभाश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालार्य वितरण हुनेछ ।

Health Tips Ad Road Block