काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आइतबारदेखि सकिँदैछ । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकामार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो ।
निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले मतदाता शिक्षा अभियान प्रभावकारी रहेको बताएकी छन् । आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामै मतदाता शिक्षा प्रदान गरिएको उनले जानकारी दिएकी छन् ।
आयोगले मतदाता शिक्षाको प्रभावकारिता अनुगमन गर्न ७५३ वटै स्थानीय तहमा अनुगमनकर्तासमेत खटाएको थियो ।






















