ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

शेयर बजारमा सर्किट ब्रेकर के हो ? जान्नुहोस् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कम्पनीको कारोबारमा सर्किट ब्रेकर शेयर मूल्यमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न अपनाइएको एउटा तरिका हो । नेप्सेले यसको सुरुवात २०६३ असोज १० गते गरेको हो ।

यसअनुसार कुनै कम्पनीको शेयर मूल्य एक दिनमा अघिल्लो दिनको अन्तिम मूल्यको बढीमा १० प्रतिशतले घटबढ हुन सक्छ । उदाहरणका लागि हिजोको अन्तिम मूल्य ५०० रुपैयाँ प्रतिशेयर रहेछ भने आज मूल्य बढ्दै जाँदा यसको दश प्रतिशत अर्थात् ५५० रुपैयाँ र घट्दै जाँदा ४५० रुपैयाँसम्म पुग्न सक्छ । योभन्दा बढाउन वा घटाउन पाईदैन ।

यो सीमाबाहिर मूल्य घटबढ नहुने गरी पूरै समयसम्म कारोबार गर्न सकिन्छ । यो व्यवस्थाअघि कुनै कम्पनीको शेयर मूल्य अघिल्लो दिनको अन्तिम बजार मूल्यको १० प्रतिशतभन्दा बढीले बढ्ने वा घट्ने स्थिति भएमा नेप्सेले सो कम्पनीको कारोबार उक्त दिनका लागि स्थगित गर्दथ्यो । शेयर मूल्य घटबढ हुनमा कम्पनीसँग सम्बन्धित कुनै त्यस्तो सूचनाहरू भए जसको स्पष्टीकरण मागी अर्को दिनबाट पुनः कारोबार खुला गर्ने गर्दथ्यो ।

पूरै बजार वा नेप्से परिसूचकमा समग्र शेयर बजारमा हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न २०६४ असोज ६ गतेदेखि नेपाल स्टक एक्सचेन्जले पूरै बजारमा सर्किट ब्रेकर लगाउन सुरु गरेको छ ।

सुरुमा नेप्सेले अंकका आधारमा कारोबार स्थगन गर्दै आएकामा २०६५ भदौ ९ देखि प्रतिशतका आधारमा बजार स्थगन गर्न सुरु गर्यो । जसअनुसार–(१) कारोबार सुरु भएको पहिलो एक घन्टामा नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन (बढे वा घष्टेमा) भएमा १५ मिनेटका लागि कारोबार स्थगन गर्ने । (२) पुनः कारोबार खुलेपछि ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनेटका लागि कारोबार स्थगन गर्ने (३) पुनः कारोबार खुलेपछि परिसूचक ५ प्रतिशते परिवर्तन भएमा उक्त दिन बाँकी पूरै कारोबार समयको लागि कारोबार स्थगन गर्ने गरिन्छ ।

(विश्लेषक रविन्द्र भट्टराईको नेपालको शेयर बजार पुस्तकबाट)

Health Tips Ad Road Block