ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पत्तालिनी आधारभूत विद्यालयका १४५ विद्यार्थीलाई सामाजिक व्यक्तित्वकाे सहयाेगमा पाेसाक वितरण

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ । विभिन्न मितिमा श्री पत्तालिनी आधारभूत विद्यालय गजुरी -१, आधामारा, धादिङमा अध्ययनरत विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे छ । समाजसेवी व्यक्तित्वहरूले विभिन्न अवसरमा उक्त सहयाेग गरेका हुन् ।

यसअन्तर्गत फागुन १२ गतेका दिन विद्यालयमा अध्ययनरत कक्षा ECD का विद्यार्थीहरूलाई ३० सेट ट्रयाकसुट सहयाेग गरिएकाे हाे । स्वर्गीय बुबाको सम्झनामा अरुण गिरीबाट रू.१० हजार, सुदिप सुवेदीबाट रू.५ हजार, जन्मदिनको अवसरमा खेलकुद सामग्रीसहित सुयोग न्यौपानेबाट रू.५ हजार, निरञ्जन डल्लाकोटीबाट रू.१० हजार सहयाेगमा उक्त सामग्री वितरण गरिएकाे हाे ।

त्यसैगरी गत माघ २७ गते कक्षा १ देखि ७ सम्मका ११५ जना विद्यार्थीहरूलाई टिसर्ट तथा ट्रयाकसुट वितरण गरिएकाे थियाे ।
त्यसमा जितबहादुर उप्रेतीबाट रु.३० हजार, नमिना श्रेष्ठ तथा राजेन्द्र रिजाल (KIEC) बाट रु.२५ हजार, नारायण उप्रेतीबाट रु.१५ हजार, जमेश धिमालबाट रु.१५ हजार, हरिबाबु पाठकबाट रु.१५ हजार, शोभा पाण्डेबाट रु.१० हजार, स्वर्गीय सुरेन्द्र गिरीको सम्झनामा रु.१० हजार, राजेन्द्र बर्तौलाबाट रु.५ हजार २ सय, केदार मिश्रबाट रु.५ हजार गरी कुल रु.१ लाख ३० हजार २ सय रूपैयाँ सहगाेगमा ११५ जना विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे हाे ।

यी दुवै सामाजिक कार्यलाई सफल बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुधीर खरेलले महत्वपूर्ण भूमिका खेलेका थिए ।

विद्यालयले सबै सहयाेगी दाताप्रति कृतज्ञता व्यक्त गर्दै यस कार्यले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै शिक्षामा थप प्रेरणा प्रदान गरेको जनाएकाे छ। आगामी दिनहरूमा पनि यस्तै सहयोग प्राप्त हुने अपेक्षा विद्यालयले गरेकाे छ ।

Health Tips Ad Road Block