काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३२ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
हिजो सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेर प्रतितोला ५५९५ रुपैयाँमा पुगेको छ ।






















