ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ। यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आकर्षक अभियान “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ” सार्वजनिक गरेको छ।

खल्ती चलाऊ, वर्ल्ड कप जाऊ” अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको हो। नेपाली क्रिकेट टोलीको यो गौरवशाली यात्रालाई उत्सवको रूपमा मनाउन खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोरिने गरी प्रत्यक्ष रूपमा रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर प्रदान गर्दैछ।

सहभागिता प्रक्रिया: ११ राष्ट्रिय खेलाडीको कार्ड संकलन 

यस अभियानलाई रमाइलो बनाउन खल्तीले एक ‘गेमिफाइड’ (Gamified) अनुभव प्रस्तुत गरेको छ। प्रयोगकर्ताहरूले केवल कारोबार मात्र गर्ने छैनन्, बरु आफ्नै ‘डिजिटल टिम’ निर्माण गर्नेछन्:

● खल्ती एपमार्फत मान्य कारोबारहरू गर्दा प्रयोगकर्ताले एक डिजिटल ‘स्क्र्याच कार्ड’ प्राप्त गर्नेछन्।
● प्रत्येक स्क्र्याच कार्डमा नेपालको राष्ट्रिय टोलीका ११ मध्ये एक खेलाडीको कार्ड रहनेछ।
● बम्पर उपहारको लक्की ड्रमा योग्य हुन प्रयोगकर्ताले ११ वटा छुट्टाछुट्टै (Unique) खेलाडीका कार्डहरू संकलन गरी सेट पूरा गर्नुपर्नेछ।

हरेक माइलस्टोनमा पुरस्कार

यो अभियानमा अन्तिम विजेता मात्र नभई, कार्ड संकलनको यात्राभरि प्रयोगकर्ताहरूले विभिन्न पुरस्कारहरू जित्न सक्नेछन्:

● निश्चित उपहार : २, ५, ७, र ११ वटा युनिक प्लेयर कार्डहरू संकलन गर्दा प्रयोगकर्ताहरूले प्रोमोकोडहरू प्राप्त गर्नेछन्।
● पाक्षिक पुरस्कार : ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्ताहरूमध्येबाट हरेक १4 दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू HONOR X9d स्मार्टफोन जित्न सक्नेछन्।
● बम्पर पुरस्कार: ११ वटै प्लेयर कार्डहरू सफलतापूर्वक संकलन गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “टी-२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण हो। ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ मार्फत हामी एउटा सामान्य अफर मात्र नभई प्रयोगकर्ताहरूलाई यो ऐतिहासिक यात्राको हिस्सा बन्ने मौका दिन चाहन्छौँ। हाम्रा भाग्यशाली प्रयोगकर्ताहरूलाई रङ्गशालामै पुर्याएर राइनोजले इतिहास रचेको प्रत्यक्ष साक्षी बनाउन पाउँदा हामी निकै उत्साहित छौँ।”

यो अभियान १३/१०/२०८२ देखि 11/१1/२०८२ सम्म लागू हुनेछ। खल्ती प्रयोगकर्ताहरूले दैनिक उपभोग्य सेवाहरूको भुक्तानी—जस्तै युटिलिटी बिल, टप-अप, र अन्य कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन्।

Health Tips Ad Road Block