काठमाडौं । आज माघ १२ गते सोमबार नेपाली बजारमा सुनको मूल्य बढेर ३ लाख ९ हजार रुपैयाँमा पुगेर रेकर्ड बनाएको छ ।
हिजो ३ लाख ३ हजार ८ सय रुपैयाँमा रेकर्ड कायम भएको सुनको मूल्य आज फेरी ह्वात्तै बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला ६७८५ रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । हिजो चाँदी प्रतितोला ६४८० रुपैयाँ रहेको थियो ।






















