ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पुससम्ममा उठ्यो ५ खर्ब ८१ अर्ब राजस्व, लक्ष्यको करिब ८२ प्रतिशत संकलन 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आ.व. २०८२/८३ को पुस ३० गतेसम्ममा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको ८१.७५ प्रतिशत हो । पुससम्ममा ७ खर्ब ११ अर्ब २१ करोड राजस्व रुपैयाँ  संकलन गर्ने लक्ष्य राखिएको थियो ।

वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रहेको थियो ।

पुस महिनाको राजस्व लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ रहेकोमा १ खर्ब ७१ अर्ब ६३ करोड संकलन भएको छ । यो प्राप्ति लक्ष्यको ८९.९६ प्रतिशत हो । पुस ३० गतेको एक दिनको सङ्कलन मात्रै २० अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।

आ.व. २०८१/८२ को वार्षिक संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ थियो । पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रहेको थियो ।

त्यतिबेला पुस २९ (मसान्त) गतेसम्मको जम्मा सङ्कलन ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । पुस महिनाको सङ्कलन १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।

Health Tips Ad Road Block