ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

तोलाको २ लाख ७५ हजार नजिक पुगेर सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, चाँदीको तोलामा ५१ सय नाघ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पुस २८ गते सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । आज सुनको मूल्य तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा पुगेर नयाँ कीर्तिमान कायम गरेको हो । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

हिजो आइतबार २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान कायम गरेको छ । आज चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा पुगेको छ । हिजो चाँदीकाे मूल्य प्रतितोला ४९९० मा काराेबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

Health Tips Ad Road Block