ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पाल्पा सिमेन्टको आईपीओ खुल्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले साधारण शेयर आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्‌नो जारी पूँजी रु. ३ अर्ब ७५ करोडको २० प्रतिशत अर्थात् रु. ७५ करोड रकम बराबरको रु. १०० अंकित दरको ७५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्‌याइएको मध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरुलाई जारी पूँजीको ५ प्रतिशत १८,७५,००० कित्ता साधारण शेयर निष्काशन गरी बिक्री वितरण गर्न लागेको होृ । बाँकी १५ प्रतिशत अर्थात रु. ५६,२५,००,००० रकम बराबरको ५६,२५,००० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् ५,६२,५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि सार्वजनिक निष्काशन गरेको छ ।

आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बिक्री प्रबनधकको काम गरेको छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि साधारण शेयरको निष्काशन बन्द हुने मिति छिटोमा माघ ९ र ढिलोमा माघ २५ सम्म रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयरको निष्काशन बन्द हुने मिति छिटोमा पुस ३० र ढिलोमा माघ ९ गतेसम्म रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नबिल बैंक लिमिटेड, तानसेन शाखा, नबिल बैंक लिमिटेड, बर्दघाट शाखा, नबिल बैंक लिमिटेड, बुलिबटार शाखा, नबिल बैंक लिमिटेड, गैंडाकोट शाखा, प्रभु बैंक लिमिटेड, पाल्पा शाखा, प्रभु बैंक लिमिटेड, बर्दघाट शाखा, प्रभु बैंक लिमिटेड, परासी शाखा, प्रभु बैंक लिमिटेड, बेलातारी शाखा, सिद्धार्थ बैंक लिमिटेड, पाल्पा शाखा, सिद्धार्थ बैंक लिमिटेड, बर्दघाट शाखा, सिद्धार्थ बैंक लिमिटेड, परासी शाखाबाट आईपीओमा आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्र र खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले शेयर खरीद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम वापत रु.२ शुल्क बुझाउनु पर्नेछ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि(आस्वा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुका लागि छुट्टाइएको शेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारणमा निष्काशन गरिने छ।

Health Tips Ad Road Block