काठमाडाैं । नेपाल फिनटेक एक्स्पाे २०२६ मा माछापुच्छ्रे बैंक लिमिटेडले सहभागिता जनाएकाे छ ।
सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न दुई दिने नेपाल फिनटेक एक्स्पो २०२६ मा बैंकले सक्रिय सहभागिता जनाउँदै उद्योगका अग्रणी व्यक्तित्वहरू तथा भावी प्रतिभाहरूसँग सशक्त सहकार्य र संवाद कायम गरेकाे जनाएकाे छ ।
एक्स्पोले बैंकका बढ्दो डिजिटल क्षमता प्रस्तुत गर्नुका साथै नवीनता, प्रविधि र ग्राहक–केन्द्रित बैंकिङ समाधानप्रतिको दृढ प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने महत्वपूर्ण अवसर प्रदान गरेकाे बैंककाे भनाइ छ ।























