ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आज बिहानै एमाले सचिवालय बैठक, राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयनसहित यस्ता छन् एजेण्डा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान बस्ने भएको छ। समसामयिक राजनीतिक परिस्थिती, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको सचिव पद्मा अर्यालले जानकारी दिइन् । अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

आजको बैठकमा नेताहरुको कार्यविभाजन पनि प्रमुख एजेण्डाको रुपमा रहेको एक पदाधिकारीले जानकारी दिए । ति पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि एमालेको तयारी छ । जस अनुसार मुख्य मुख्य विभागका प्रमुख,प्रदेशका इन्चार्जहरुलाई संयोजक र जिल्ला इन्चार्जहरुलाई पनि संयोजकको भूमिका दिइने तयारी छ ।

आजको बैठकले २६ गते बस्न लागेको केन्द्रीय कमिटीमा प्रष्तुत गरिने निर्वाचन केन्द्रीत केही रणनीति पनि तय गर्ने एक नेताले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block