ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सिटिजन्स सन्तुलित योजनाको लागि माग गरेभन्दा २५ प्रतिशत बढी रकमको आवेदन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको लागि माग गरेभन्दा २५ प्रतिशत बढी रकमको लागि आवेदन परेको छ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रही पुस ४ गतेदेखि १८ गतेसम्म खुल्ला गरिएको इकाइमा मागभन्दा बढी आवेदन परेको हो । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने रु. १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘‘सिटिजन्स सन्तुलित योजना” को इकाई बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई योजनाको सार्वजनिक निष्काशन तथा बिक्री गरिउको थियो । तोकिएको अवधि भित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुबाट १ अर्ब २५ करोडभन्दा बढी अर्थात् माग गरे भन्दा २५ प्रतिशत बढी रकमका लागि आवेदन परेको कम्पनीले जनाएको छ । साथै सिटिजन्स क्यापिटल लिमिटेडबाट संचालन हुने यस योजना बढी आवेदन प्राप्त भएका म्युचुअल फण्ड मध्ये एक हुन सफल भएको कम्पनीको भनाइ छ । यस योजना प्रति आम लगानीकर्ताहरुको आकर्षण तथा उल्लेखनिय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेड नेपालको पूँजी बजारमा एउटा दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रुपमा स्थापित रहेको प्रतिबिम्बित भएको कम्पनीको दाबी छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी रहेको छ भने यस कम्पनीका अध्यक्षको रुपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सबिर बादे श्रेष्ठ रहेका छन् । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आईरहेको संस्था हो । कम्पनीले आगामी दिनहरुमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानी मैत्री सेवाहरु सँगै लगानीकर्ताहरुलाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवाहरु प्रदान गर्दै गर्ने छ र निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजनाहरु सञ्चालन गरिनुका साथै हाल सञ्चालनमा रहेका योजनाहरुमा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यले कार्यरत रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

Health Tips Ad Road Block