काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । पुस ११ र १२ गते काठमाडौँमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा तत्कालीन वरिष्ठ उपाध्यक्ष युवराज शर्मा र महासचिव लोकराज भण्डारीको प्रतिस्पर्धा रहेको थियो । शर्माले १६० मत पाए अध्यक्ष चुनिएका हुन् । अर्का प्रत्यासी भण्डारीले १०६ मत प्राप्त गरेका थिए । शर्मा ह्वाईट हाउस कलेज÷फाउण्डेसनका अध्यक्ष हुन् ।
वरिष्ठ उपाध्यक्षमा टंकराज आचार्य र डा. स्वागत श्रेष्ठ विजयी भएका छन् । उपाध्यक्षहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी अर्काे महत्वपूर्ण महासचिव पदका लागि जयराम खनाल र रामहरी सिलवालले प्रतिस्पर्धा गरेका थिए । सिलवाल १४८ मतसहित विजयी भएका छन् । प्रतिष्पर्धि खनालले ११८ मत ल्याए । यसैगरी सचिवमा कृष्ण प्रसाद पौडेल, जीवन लामा गोले, पारश श्रेष्ठ, भवानी प्रसाद पौडेल, यम बहादुर रोका, राजेश कार्की र बलराम पन्त विजयी भएका छन् ।
कोषाध्यक्षमा एडमार्क कलेज/विज्डम एकेडेमी कलंकीका प्राचार्य तथा सक्सेस एकेडेमी, सफल कलेज गल्छी, धादिङका संचालक अध्यक्ष शिव प्रसाद अधिकारी र सह कोषाध्यक्षमा शंकर भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै खुला सदस्यमा केपि पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि, हरीकृष्ण अर्याल, आजिवन सदस्यबाट शिव प्रसाद सुवेदी, कोशी प्रदेशबाट केशव खड्का, गुणराज अधिकारी, सागर प्रसाद भट्टराइ, मधेश प्रदेशबाट मुकेश प्रसाद गुप्ता, वावुसाहेव यादव, लुम्बिनी प्रदेशबाट उत्तमराज घिमिरे, गणेश भण्डारी, दिनेश भुसाल, कर्णाली प्रदेशबाट प्रेम बहादुर दसुनी, सुदूरपश्चिम प्रदेशबाट डा। भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन् ।























