ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, तोक्यो वार्षिक साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ. । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको ४४९ औं बैठकले चुक्ता पूँजी रु. ८,७८,२३,९६,९२३ को १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ समेत गरी ४ प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी २९ औं वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।

कम्पनीको वार्षिक साधारण सभा पुस ३० गते बुधबारका लागि तोकेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले शेयर दाखिला खारेज मिति पुस १७ का लागि तोकेको छ । त्यसअनुसार पुस १७ गते अगावै शेयरधनी भएकाले लाभांश प्राप्त गर्नसक्ने र साधारण सभामा भाग लिन पाउनेछन् ।

Health Tips Ad Road Block