ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

विजय लघुवित्तले पुस २१ देखि एफपीओ निष्काशन गर्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु एफपीओ गर्न लागेको हो । लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गराउनेगरी एफपीओ निष्काशन गर्न लागेको हो । साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो । सोही अनुपात समायोजनका लागि लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत एफपीओमा आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि एफपीओमा आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block