ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

भन्सार एजेन्टद्धारा बिरोधस्वरुप अगाडि बढाएको पेन डाउन कार्यक्रम फिर्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भन्सार एजेन्टहरुले विरोधस्वरुप अघि बढाएको पेन डाउन कार्यक्रम फिर्ता लिने निर्णय गरेका छन् । भन्सार एजेन्ट महासंघ नेपालले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।

भन्सार एजेन्टहरुले पेशागत हकहित, काम गर्ने सहजता र अन्तराष्ट्रिय व्यापार सहजीकरणमा समेत नराकात्मक असर पुर्याउने वातावरण सिर्जना भएको हुँदा मंसिर २३ गतेदेखि विरोध स्वरुप पेन डाउन गर्दै आएका थिए । एजेन्टहरुले देशभरका भन्सार कार्यालयहरुमा पेन डाउनलगायतका विरोध कार्यक्रम प्रति भन्सार विभाग र महासंघबीच छलफल भइ सकारात्मक रुपमा महासंघका माग सम्बोधन गर्ने भएकाले पेन डाउन कार्यक्रम फिर्ता लिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Health Tips Ad Road Block