ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

गत चार महिनामा ७७ प्रतिशतले बढ्याे निर्यात

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । चालू आर्थिक वर्षको चार महिना अर्थात साउनदेखि कात्तिकसम्मको अवधिमा १९ प्रतिशतले आयात बढेको छ ।
यस्तै सोही अवधीमा निर्यात पनि साढे ७७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको आयातनिर्यातको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु नेपालमा आयात हुँदा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन विभिन्न देशमा निर्यात भएको छ । गएको आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल ३८ अर्ब ४३ करोड रुपैयाँ, ठूलो अलैँची ३ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ र सनफ्लावर तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै आयाततर्फ चालू आर्थिक वर्षको चार महिनाको अवधिमा डिजेल ३१ अर्ब ८९ करोड १५ लाख रुपैयाँ र कच्चा सोयाविन तेल ३० अर्ब ८७ करोड १२ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

Health Tips Ad Road Block