काठमाडौं । मंसिर १ गते राष्ट्रिय कर दिवस–२०८२ मनाइएको छ । आन्तरिक राजस्व विभागको आयोजनामा ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस–२०८२ मनाइएको हो ।
अर्थमन्त्री रामेश्वर खनालको आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट करदाताहरुलाई सम्मान गरियो । सरकारले विभिन्न विधामा राजश्वमा सर्वाधिक योगदान दिने करदातालाई सम्मान गरेको छ ।
१. निकायहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः नेपाल दूरसञ्चार प्राधिकरण ।
२.एकलौटी फर्महरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः थर्ड आई इण्टरनेशनल ।
३. वस्तु निर्यातको कारोवार गर्ने मध्ये सबैभन्दा बढी आयकरः डाबर नेपाल प्रालि ।
४. सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः भेरिक्स नेपाल प्रालि ।
५. कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः पोषक ब्रिडर फार्म प्रालि ।
६. बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ।
७. स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड ।
८. पर्यटन व्यवसाय गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः सोल्टी होटल लिमिटेड ।
९. वस्तु व्यापारको कारोवार गर्ने मध्ये आव २०८०–०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेः भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि ।
१०. वार्षिक कारोबार रकम रु.५० करोडभन्दा बढी रु.१०० करोडसम्म कारोवार गर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः सिडिएसएण्ड क्लियरिङ लिमिटेड ।
११.उर्जामूलक उद्योग मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः भोटेकोशी पावर कम्पनी प्रालि ।
१२. रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेः आईएमई लिमिटेड ।
१३. व्यक्तिगत आयमा सबैभन्दा बढी आयकर दाखिला गर्नेः राज बहादुर शाह ।
१४. वि.सं. २०७६ श्रावण देखि २०८२ आषाढ मसान्तसम्मको करः नेपाल दूरसञ्चार कम्पनी






















