काठमाडौँ । नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (NCTC) काे संयाेजनमा काठमाडाैंमा अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ हुने भएकाे छ ।एओटीसीए २०२५ अन्तर्राष्ट्रिय कर सम्मेलन नाम दिइएकाे सम्मेलन नोभेम्बर १८ देखि २१ गतेसम्म द सोल्टी काठमाडौंमा आयोजना हुने संस्थाले जनाएकाे छ। एसिया ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (AOTCA) को समन्वयमा सम्मेलन सञ्चालन हुनेछ । सम्मेलनमा एसिया र ओसियान क्षेत्रका २० भन्दा बढी देशका कर व्यवसायिक संस्थाहरूकाे सहभागिता हुने संस्थाले जनाएकाे छ।
AOTCA २०२५ अन्तर्राष्ट्रिय कर सम्मेलनमा ३५० जना अन्तर्राष्ट्रिय प्रतिनिधि र २०० जना नेपाली कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने संस्थाले जनाएकाे छ।
सम्मेलनले नेपालका कर र वित्त व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, कर नीति र अनुपालनमा अन्तर्राष्ट्रिय सर्वाेत्तम अभ्यासहरूको आदानप्रदान र नेटवर्कलाई प्रवर्द्धन गर्ने, प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रवर्द्धन तथा कर र लगानी क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने अध्यक्ष राेशन पाेखरेलले जानकारी दिएका छन् ।
सम्मेलनमा हुने प्रमुख सत्रहरूमा विकासशील देशहरुको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रहरूमा कर नीति कार्यान्वयनका चुनौतीहरु, विद्यायापी कर अनुपालनमा कर व्यवसायीहरुको भूमिका, कर प्रशासनमा डिजिटल रुपान्तरणका अवसर र चुनौतीहरु, विकासशील अर्थतन्त्रमा कर व्यवसायीहरूको आचारसंहिता र व्यावसायिक दायित्व सम्बन्धमा प्रस्तुती हुनेछ ।
त्यस्तै आन्तरिक राजस्व विभाग (IRD) र NCTC को संयुक्त आयोजनामा “Practical Aspects of Transfer Pricing” विषयमा ४ घण्टा विशेष सेमिनार २०२५ नोभेम्बर २१ गते आन्तरिक राजस्व विभाग, लाजिम्पाट मा आयोजना हुनेछ। उक्त सेमिनारलाई प्रो. पियरजियोर्जियो भालेटे. Global Tax Advisers Platform (GTAP) का अध्यक्ष तथा CFE Tax Advisers Europe का अध्यक्षले सञ्चालन गर्नेछन् । उनीसँगै सीए, प्रविन राज काफ्ले, कर क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक चार्टर्ड एकाउन्टेन्ट तथा “Taxation Nepal” नामक पुस्तकका लेखक (आयकर, अन्तर्राष्ट्रिय कर, भ्याट, महसुल र भन्सार सम्बन्धी ले नेपालमा ट्रान्सफर प्राइसिङको वर्तमान अवस्थाबारे विचार प्रस्तुत गर्नेछन्। यो सेमिनार केवल दर्ता भएका सहभागीहरूका लागि निःशुल्क हुने र सिट सीमित रहेकाे संस्थाले जनाएकाे छ।

विश्वका अग्रणी कर विज्ञ र संस्थाहरूसँग सिक्ने, कर नीति र अभ्यासका वास्तविक केस स्टडी र नवीनतम दृष्टिकोणहरू जान्ने, विकासशील देशहरूको कर प्रणालीको भविष्य निर्माणमा भएकाे अनुभव आदानप्रदान सम्मेलनमा हुने भएकाले फलदायी हुने अपेक्षा आयाेजककाे छ ।






















