ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नतिबारे गृहकार्यमा सरकार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नतिबारे गृहकार्यमा सरकार जुटेको छ । राष्ट्रिय योजना आयोगले विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेबारे छलफलसँगै गृहकार्य थालेको हो ।

आयोगले मंसिरसम्ममा विकाशसील राष्ट्रमा स्तारोन्नतिका लागि हालसम्म प्राप्त भएका उपलब्धि, त्यसको समीक्षा, गर्नुपर्ने थप तयारी र अबको रणनीतिबारे सबै पक्षसँग छलफल गर्ने जनाएको छ ।

स्तरोन्नति पछि मुलुकलाई बढीभन्दा बढी लाभ दिलाउने विषयमा सरकार बढी गम्भीर देखिएको छ ।

सोमबार मात्रै अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा आयोगका पूर्वउपाध्यक्षहरू, पूर्वअर्थमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि, मुख्य सचिव, सचिवलगायतसँग बसेर यसबारे गम्भीर छलफल गरिएको थियो ।

Health Tips Ad Road Block