काठमाडौं । सोल्टी होटेल लिमिटेडले शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत गरि १६.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले मंसिर २८ गते बिहान १० बजे त्रिभुवन आर्मी अफिसर्स क्लबमा ५१ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले साधारणसभाको लागि मङ्सिर ५ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले कम्पनीको सभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।





















