काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । ल्याण्ड गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको स्थानीयले बताएका छन् । हेलिकप्टरमा कोही पनि यात्रु नभएको र पाइलटको उद्धार गरिएको छ ।
दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।





















