ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

जेनजी प्रतिनिधि, सरकार र राजनीतिक दलबीच आज त्रिपक्षीय छलफल हुँदै

काठमाडौं । आज सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुबीच त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफलका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएकी छिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण तयार पार्ने गरी वार्ता आह्वान गरेकी हुन् । बैठकमा निर्वाचनको वातावरण तयार पार्न सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय जनाएको छ । विभिन्न ८/९ वटा समूहका जेन–जी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री एवं मन्त्रीसहितको त्रिपक्षीय छलफल हुने कार्यालयको भनाइ छ ।

Health Tips Ad Road Block