काठमाडौं । यसपाली पछिल्लो समय सुनको मूल्यले एकपछि अर्काे रेकर्ड नै कायम गर्यो । एक महिनामा ४१ हजार ९ सय रुपैयाँले मूल्य बढेर रेकर्ड माथि पनि रेकर्ड बनायो । यो असोज एक महिनाको विवरण हो । असोज १ गते बजार खुल्दा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य २ लाख १६ हजार १ सय रुपैयाँ थियो । मानिसहरुले यो मूल्य अब केही समयमा घट्छ भन्दै बसिरहे । तर असोज ३१ गते मूल्यले नयाँ उचाइको कीर्तिमान नै बनायो । यसिदन सुन प्रतितोला २ लाख ५८ हजारमा पुग्यो ।
असाेजकाे सुरुमै बजारमा व्यवसायी एवं विश्लेषकहरु विश्लेषण गर्दै साढे दुई लाखभन्दा माथि पुग्छ भनिरहेका थिए । नभन्दै त्यस्तै भयो । २ लाख ५८ हजार रुपैयाँ तोलामा महिनाको अन्तिम दिन सुनको कारोबार भयो । सुरक्षित लगानीको साधनकोरुपमा सुनलाई हेरिँदा ठूला देशहरुले सुन सञ्चय गर्न थालेपछि यो स्थिति आएको हो । नेपालमा मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजार नै हो । अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य भएपछि नेपाली बजारमा पनि दैनिकरुपमा मूल्यले महिनाभरी नै रेकर्ड ब्रेक गरिरह्यो । यसरी मूल्य बढ्न गई नेपालीको पहुँचबाहिर सुन पुगिसकेको छ ।
मुख्यत विवाहका सिजनमा अत्याधिक प्रयोग हुने सुन किन्न नसक्ने स्थिति बन्दै गएको धेरैले बताउँछन् भन्छन् अब विवाह पनि कसरी गर्ने ?
चाँदीको भाऊ पनि एक महिनामा तोलामा ८०० रुपैयाँले बढेको छ । असोजको सुरुमा २५५० रहेको चाँदीको मूल्य असोज अन्तिममा ३३५० रुपैयाँमा पुगेको छ ।






















