ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद गौचनको आठौं स्मृति दिवसः गौचनको योगदानको स्मरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको आठौं स्मृति दिवसको अवसरमा विहिवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा वक्ताहरुले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरेका थिए । विगतमा संघको रुपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रुपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय भएको वक्ताहरुको भनाइ थियो । शोक सभालाई सम्बोधन गर्ने क्रममा महासंघका अध्यक्ष रवि सिंहले नेपालको निर्माण क्षेत्रमा शहीद गौचनको योगदान उल्लेखनीय रहेको बताए । नेपालको निर्माण क्षेत्रमा गौचनको अभाव सधै महसुस भइरहने धारणा राख्दै अध्यक्ष सिंहले निर्माण उद्योग अझै समस्यामुक्त हुन नसकेको बताए ।

महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार सुकुन्तलाल हिराचनले मिलनसार व्यक्ति शहीद शरदकुमार गौचनले निर्माण उद्योगमा ठूलो योगदान दिएको बताए । महासंघका अर्का पूर्व अध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरुको विकासका लागि गौचनले सधैं त्याग मात्र गरेको बताउँदै उनको जीवनीबाट व्यवसायीहरुले शिक्षा लिनुपर्ने बताए । निर्माण उद्योग अत्यन्त ठूलो सकसमा रहेको भन्दै अहिलकै स्थितिमा मुलुकमा निर्माण काम गर्न नसकिने विचार व्यक्त गरे ।

महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले राज्यले निर्माण उद्योगलाई अझै पनि सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसकेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी)ले शहीद गौचनको संक्षिप्त जीवनीसहित निर्माण उद्योगको विकास विस्तारमा उनको योगदानको चर्चा गरे ।

महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरे, वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर लामा, काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका महासचिव पञ्चबहादुर तामाङ (विजय) लगायतले गौचन सबै निर्माण व्यवसायीहरुको सच्चा अभिभावक भएको बताए ।

सो अवसरमा गौचनको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो । श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा गौचनकी श्रीमती आशा गौचन, महासंघका सल्लाहकार तथा पदाधिकारीहरु, कार्य समिति सदस्यहरु लगायतले माल्यार्पण गरेका थिए ।

गौचनको आठौं स्मृति दिवसको अवसरमा आज सातै प्रदेश निर्माण व्यवसायी महासंघ तथा ७७ जिल्ला निर्माण व्यवसायी संघहरुमा पनि विविध कार्यक्रम गरिएको छ । गौचनको २०७४ साल असोज २३ गते नयाँ वानेश्वरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उनको निवास नजिकै गोली हाली हत्या गरिएको थियो ।

Health Tips Ad Road Block