ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

रातिको समयमा हेटौडा–भैंसे हुँदै काठमाडौं आवतजावत अनिश्चितकालिन बन्द

Citizenlife ad 2082 falgun to baishak 2083

मकवानपुर । रातिको समयमा हेटौडा–भैंसे हुँदै काठमाडौं आवतजावत अनिश्चितकालिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै बेलूकी ६ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘सम्वत् २०८२ असोज १७ र १८ गतेको भारी वर्षा पश्चात् मौसममा हुँदै गएको क्रमिक सुधार र सडकको अवस्था समेतलाई मध्यनजर गर्दै हेटौडा–भैंसे हुँदै काठमाडौँ जाने सबै सडक खण्डहरूमा मिति २०८२/०६/२० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बेलुकी ६ बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै किसिमका सवारी साधनहरूको आवतजावतमा रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै आवतजावतमा रोक लगाइएको समय बाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाई यात्रा गर्नु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

Health Tips Ad Road Block