ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले गाए जस्तै ‘सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन’ । साँच्चै नै जीवन हामीले सोचे जस्तो कहिले हुँदैन । त्यसैले जोखिमरहित जीवन जिउनको लागि बीमा गर्नुको विकल्प छैन । मानव जीवनबाहेक अन्य कुनै पनि कुराको बीमालाई सामान्य बीमा भनिन्छ । सामान्य बीमा र निर्जीवन बीमा पर्यायवाची शब्द हुन् ।

नेपालमा अहिले बीमाबारे सतप्रतिशत थाहा नभएपनि अधिकांशलाई थाहा छ भन्दा फरक नपर्ला । जीवन बीमा गर्नेको संख्या जति बढी छ निर्जीवन बीमा प्रति पनि चासो बढ्दै गएको छ । नेपाल बीमा प्राधिकारणको तथ्याङक हेर्ने हो भने विश्वको निर्जीवन बीमा बजार सन् २०२१ को तुलनामा सन् २०२२ मा झिनो वृद्धि भएको देखिन्छ । सन् २०२१ मा निर्जीवन बीमामा अमेरिकी डलर ३८ खर्ब २४ अर्ब ४३ करोड बराबर बीमा शुल्क संकलन हुँदा सन् २०२२ मा अमेरिकी डलर ३९ खर्ब ६९ अर्ब २० करोड अमेरिकी डलर संकलन भएको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कुल बीमित जनसंख्याको उल्लेखनीय अंश अझै निर्जीवन बीमाको पहुँचभन्दा बाहिर छ । निर्जीवन बीमालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स एचइआइ पुरानो र विश्वसनीय निर्जीवन बीमा कम्पनीहरु मध्ये एक हो । एचइआइले व्यक्तिगत तथा व्यवसायिक आवश्यकताहरु पूरा गर्ने उद्धेश्यले विविध निर्जीवन बीमा सेवाहरु प्रदान गर्दै आएको छ । यस कम्पनीको सवारीसाधन, सम्पत्ति, स्वास्थ्य, कृषि, यात्रा तथा व्यापार बीमा जस्ता सेवाहरु उपलब्ध गराएर आम उपभोक्तालाई सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ ।

हाम्रो मनमा प्रश्न उब्जिन सक्छ किन आवश्यक छ निर्जीवन बीमा ? भनिन्छ दुःख बाजा बजाएर आउँदैन । हामीले २०७२ सालको भूकम्पपनि देख्यौ र २०८१ सालको बाढीपहिरोको जोखिम पनि देख्यौ । नेपाल प्राकृतिक प्रकोप, औद्यौगिक दुर्घटना, सडक दुर्घटना, स्वास्थ्य समस्या, चोरी डकैती, आगलागी र अन्य जोखिमपूर्ण अवस्थासँग जुधिरहेको देश हो । यस्तो अवस्थामा निर्जीवन बीमा जोखिम व्यवस्थापनको एउटा बलियो उपाय हो ।

अब धेरैलाई लाग्न सक्छ निर्जीवन बीमाको प्रमुख सेवाहरु के–के हुन् त ? एउटा हो सवारीसाधन बीमा । नेपाल प्रहरीको आर्थिक वर्ष २०८१–८२ को तथ्याङक अनुसार नेपालमा दैनिक ९७ वटा सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनाबाट धेरैको ज्यानै जान्छ भने कतिपयको सवारीसाधन ध्वस्त हुन्छ । आफू घाइते भएको उपचार खर्चको चिन्ता त छँदै छ अर्कातिर सवारीसाधन मर्मतको चिन्ता पनि सँगसँगै हुन्छ । यस्तो अवस्थामा ‘सवारीसाधन बीमा’ दुर्घटनामा पर्ने सवारी तथा त्यसमा सवार व्यक्तिहरुको वित्तीय सुरक्षाका लागि आवश्यक हुन्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले मोटरसाइकल, निजी सवारीसाधन, व्यवसायिक गाडी लगायतका बीमा योजना उपलब्ध गराउँदै आएको छ ।

अर्को निर्जीवन बीमाको सेवा भनेको सम्पत्ति बीमा । नेपाल जस्तो भूकम्पीय जोखमयुक्त देशमा घर तथा व्यवसायिक भवनहरुको बीमा अत्यन्तै जरुरी छ । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । बाढी र पहिरो, आगलागी, चोरी–डकैती तथा अन्य जोखिमहरुबाट सुरक्षा प्रदान गर्न एचइआइको सम्पत्ति बीमा योजनाले महत्वपूर्ण भूमिका खेल्छ । विशेषगरि व्यवसायी तथा उद्यमीहरुका लागि यो योजना आवश्यक रहेको छ । यस्तै स्वास्थ्य बीमा पनि निर्जीवन बीमाको सेवामा पर्दछ । तपाईँ साधारण जाँचका लागि अस्पताल जाँदा कम्तिमा १० हजार जति बोकेर जानुहुन्छ । जँचाएर घर फर्किँदा तपाईँको हातमा मुस्किलले २–३ हजार मात्र रहला । हो यस्तै आकस्मिकरुपमा आउने स्वास्थ्य समस्याहरुले ठूलो आर्थिक भार पर्नसक्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा गई तपाईँहरु आफ्नो, परिवारजन तथा कर्मचारीको स्वास्थ्य सुरक्षा गर्न सक्नुहुन्छ । यसले अस्पताल खर्च, औषधिउपचार खर्च तथा आकस्मिक उपचार खर्च कभर गर्छ ।

“बीमा गरौं सुरक्षित रहौं”

Health Tips Ad Road Block