ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

शनिबार बिदाको दिन पनि नभनी धुनिवेशी–६ का वृद्धवृद्धा र नागरिकलाई भत्ता वितरणसहित सामाजिक सेवा

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ ले शनिबार बिदाको दिन परेतापनि महान पर्व दशैंलाई लक्षित गर्दै विभिन्न सेवाहरू प्रदान गरेको छ। वडा कार्यालयमा हिजो भएको सेवामा सामाजिक सुरक्षा भत्ता स्वास्थ्य परीक्षण औषधि वितरण वृद्धवृद्धाका स्वास्थ्य बीमा तथा नवीकरण गरेको हो।

वडाका अध्यक्ष रमेश प्रसाद आचार्यका अनुसार १३० भन्दा बढीले सामाजिक सुरक्षा भत्ता लिएको ७० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएको र औषधि लिएको ६० भन्दा बढीले स्वास्थ्य बीमा गराएको जानकारी दिए। महान पर्व दशैंमा सामाजिक सुरक्षा भत्ता ढिला गरी बैंकलाई प्राप्त भएपनि पहल गर्दै अध्यक्ष आचार्यले शनिबार बिदाको दिन नभनी वितरण गर्न सहजीकरण गरेका थिए।

वडा सदस्य, आधारभूत स्वास्थ्य कार्यालय गौचरण, प्रभु बैंक, बीमा कर्ता जनप्रतिनिधि वडा कार्यालयका कर्मचारी सबैलाई बिदाको दिनमा समेत आएर सेवा दिएकोमा विशेष धन्यवाद अध्यक्षले भनेका छन्।

Health Tips Ad Road Block