काठमाडौं । आज असोज १२ गते आइतबार फेरि नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
सुन प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असोज ८ गते २ लाख २३ हजारसम्ममा सुनको मूल्य पुगेको थियो ।
चाँदी प्रतितोला २८१० रुपैयाँमा पुगेर मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।






















