ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति–कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

त्यसमध्ये १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । भदौ ३१ गते बसेको ३५८ औं बैंक सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।

 

Health Tips Ad Road Block