ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

उपभोक्ता रित्तिँदै जाँदा कसरी बलियो हुन्छ अर्थतन्त्र र बन्छ देश ? उत्पादक र आयातकर्ताबीच पुलको काम गरिरहेको वितरक संघ चिन्तित

भदौ १४ मा नेपाल वितरक संघको २४ औँ साधारण सभा हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली उद्योग र आयातकर्ताबाट खुद्रा बिक्रेतादेखि होलसेल पसल र मार्टहरुसम्म स्वदेशी उत्पादन र छिमेकी मुलुकहरुबाट आयातित सामानहरु वितरकमार्फत विक्रिवितरण भइरहेको हुन्छ । व्यापारमा नेपाल लगायत अन्य देशहरुमा पनि यी र यस्तै प्रणाली अनुरुप हुन्छ । यस्तो प्रणालीमा आ–आफ्नो भूमिका जिम्मेवारपूर्वक हुँदा अर्थात् हुने वातावरण हुँदा बजार चलायमान हुनुको साथै उपभोक्ताहरुले आवश्यकता अनुरुप सामान छनौट गर्न पाउने र बजार प्रतिस्पर्धी पनि हुन्छ । सँगै मुलुकको अर्थतन्त्र पनि बलियो हुन जानेछ । अर्को तिर स्वरोजगारीका अवसरहरु वृद्दि भईरहेको हुन्छ ।

ृकाम गर्ने क्रममा वितरकहरुको पनि आफ्नै समस्याहरु छन्, जसमा उत्पादन गर्ने उद्योग र आयातकर्ताहरुले बजारबाट उपभोग्य मिति सकिएको, डेमेज भएको सामानहरु समयमै फिर्ता नलिइदिने र त्यस्ता सामानहरु महिनौंसम्म वितरकहरुले सुरक्षितरुपमा राख्नुपर्दा गोदाम भाडा र लगानीको ब्याजले निकै समस्या भईरहेको हुन्छ । किनकि ति र त्यस्ता डेमेज सामानहरु सम्बन्धित उद्योग र आयातकर्ताहरुले समयमै फिर्ता लिनुपर्ने हुन्छ । त्यस्तै डलिभरीका साधनहरुलाई ट्राफिक नियम र बजारमा उधारो उठाउन समस्या हुनु अर्थात् क्रेडिट एक्ट पूर्ण कार्यन्वयमा आउन नसक्नुले पनि समस्या बनाएको छ । समाधानका लागि पहल कदमीहरु भएपनि समाधान नहुँदा केही वितरकहरु व्यवसायबाट पलायन हुन वाध्य छन् भने केही वितरकहरुमा काम गर्ने जाँगर समेत हराएको अवस्था छ ।

विगतको आर्थिक मन्दिबाट मुलुकको अर्थतन्त्र लयमा फर्कँदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्था नेपालमा छ । उद्योगी, व्यवसायी आशावादी बनिरहेका छन् तर बजारमा उपभोक्ताको नै कमी हुँदै गईरहेको अवस्था छ । रोजगारी र अध्यायनका लागि युवाहरु विदेशिने क्रम बढ्दै जाँदा प्रायः सबै क्षेत्र चिन्तित छ । यसमा सरकार र राजनितिक दलहरुले सोच्न ढिला भइसकेको छ । मुलुकमा उपभोग नै कमी भएपछि उद्योगधन्दा कसरी चल्छ र अर्थतन्त्र बलियो हुन्छ ? यस्तै भईरहे र रहिरहे आउने दिनहरु कस्तो हुने हो भन्नेमा वितरकहरु थप चिन्तित छन् ।

यही बुझाइ छ संस्थाका सल्लाहकार चन्द्र थापाको । उनका अनुसार नेपाल वितरक संघ वितरकहरुको अविभावकीय भूमिकामा छ । काम गर्ने क्रममा एउटा मात्र बिक्रेतालाई समस्या पर्दा सबै मिलेर समाधानतर्फ लाग्ने परिपाटी छ वितरक संघमा । यहाँ स्थापनाकालदेखि पूर्व कार्यसमिती, सल्लाहकारहरु तथा अग्रजहरुको सल्लाह, सुझावलाई सम्मान गर्दै संघ संस्था भित्रको असल संस्कारभित्र रहि विगतदेखि वर्तमानसम्मका कार्यसमितिहरुले आफ्ना व्यवसायिक एवं सामाजिक गतिविधीलाई उर्जाशिल बनाई रहेको देखिन्छ । जहाँ शिक्षित युवाहरु जो नेपालमै व्यवसाय गरिरहेका छन् त्यस्ता हजारौं युवाहरुलाई रोजगारी दिने काम भइरहेको छ । उपभोक्ताहरुको हितलाई उच्च सम्मानका साथ नेपाली उद्योग, आयात कर्ता र बिक्रेतामाझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेका छन् ।

 

यता नेपाल वितरक संघले संस्थाको २४ औँ साधारण सभा नयाँ कार्यसमिति चयन यही भदौ १४ गते काठमाडौंमा गर्दैछ । उक्त साधारण सभामा वितरकहरुले भोग्नु परेका समस्याहरु विषयमा व्यापक छलफल गरि आगामी कार्ययोजना तय गर्ने छ ।

 

Health Tips Ad Road Block