काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र किसानलाई मल अभाव हुन नदिन तीनबुँदे निर्देशन दिएका छन् । कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे सिंहदरबारमा कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँग गहन छलफलपछि प्रधानमन्त्री ओलीबाट तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन भएको उनको सचिवालयले जानकारी दिएको छ ।
यस्तो छ तीनबुँदे निर्देशन:
१. रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुस् ।
२. कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुस् ।
३. माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस् ।






















