काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा १५.०१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खराब कर्जा ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा आएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले बढेर १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा भने २५.४४ प्रतिशतले बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ । यसले बैंकको लाभांश दिने क्षमता १७.६४ प्रतिशत रहेको बताउँछ ।
बैंकको प्रतिशेयर आम्दानी २६.३४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ ।
५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।






















