ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि भिजिटर पास बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गरिएको एक सूचनामार्फत स्पष्ट पारेको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो बढेपछि भिजिटर पास बन्द गर्ने निर्णय लिनुपरेको कार्यालयले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘ यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मिति २०८२/४/२७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने बृद्ध बृद्धा, शारीरिकरुपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुहरुका लागि सहायता कक्षको व्यवस्था गरिएको सूचनामा जनाएको छ । त्यस्तै व्हिलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भइरहेको पनि कार्यालयले जनाएको छ । चेक–इन –ब्यागेज नभ संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकोले सोही व्यवस्थालाई पालना गरिदिनु पनि सूचनामा अनुरोध गरिएको छ ।

Health Tips Ad Road Block