ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आजदेखि देशभरका सुनचाँदी पसल अनिश्चितकालिन बन्द, विरोधमा उत्रिए देशैभरका व्यवसायीहरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आजदेखि देशभरका सुनचाँदी पसल अनिश्चितकालिन बन्द हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले संयुक्त वक्तव्य जारी गर्दै अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा थप गरिएको विलासिता कर र भ्याटसम्बन्धी अव्यवहारिक कर नीतिलाई नेपाल सरकारवाट पुनर्विचार गरी खारेजीको माग राख्दै २०८२ असार १३ देखि अनिश्चितकालिनरुपमा व्यवसाय बन्द गर्ने निर्णय गरिएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीद्धारा हस्ताक्षरित संयुक्त वक्तव्यमा उल्लेख छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रदेश/जिल्ला/नगर/वस्तुगत संघ, एशोसिएटस सदस्य एवं व्यवसायीहरुको लिखित एवं मौखिक सुझावलाई दुवै महासंघले आत्मसात गर्दै यो निर्णय लिएको दुवै महासंघले जनाएका छन् ।

 

Health Tips Ad Road Block