ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सातै प्रदेशहरुले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सात वटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने भएका छन् । नेपालको संविधान, २०७२ को संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधानअनुसार आज बजेट ल्याउने भएका हुन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघ सरकार, असार १ गते प्रदेशसरकार र असार १० गतेसम्म स्थानीय सरकारले बजेट प्रस्तुत गर्नैपर्ने व्यवस्था छ । यही प्रावधानअनुसार प्रदेश सरकारहरूले आगामी वर्षको बजेट आज प्रस्तुत गर्न लागेका हुन् ।

बजेट ल्याउनका लागि बागमती प्रदेश र मधेस प्रदेशले दिउँसो ४ बजे, लुम्बिनी प्रदेश र कोसी प्रदेशले दिउँसो ३ बजे बोलाएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश सभाले पनि आजै आगामी वर्षको बजेट ल्याउनेछन् ।

प्रदेश सरकारहरुले संघले दिने अनुदान र स्थानीय आम्दानीका स्रोत राखेर बजेट ल्याउने गर्दछन् ।

Health Tips Ad Road Block