ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकद्धारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन, यस्तो छ जिम्मेवारी !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्र बैंकद्धारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्की संयोजक रहेको एक कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा बैंकर भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन भएको हो ।

कार्यदलको समयावधि एक महिनाको रहेको छ ।

कार्यदललाई तल उल्लेखित विभिन्न विषयमा सुझाव दिने जिम्मेवारी प्रदान गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

–बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।

–आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।

–ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।

–बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।

–नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।

–पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।

Health Tips Ad Road Block