काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।
बिहीबार १ लाख ९२ हजार ९ सय रुपैयाँ प्रतितोलामा किनबेच भएको सुनको मूल्य शुक्रबार बढेको हो ।
यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ प्रतितोलामा पुगेर नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएको थियो ।
आज चाँदी प्रतितोला २१६५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















