skip this News Page Tips Ad Road Block

रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदर्शनी हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फोटो पत्रकार(पिजे)क्लव र रोटरी क्लव अफ काठमाडौं सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदर्शनी गर्नेसम्वन्धी सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच फोटो पत्रकार क्लवका तर्फबाट अध्यक्ष द्वारिका प्रसाद काफ्ले, पूर्व अध्यक्ष विकास कार्की र सचिव कविन अधिकारी तथा रोटरी क्लव अफ काठमाडौं सर्कलबाट चार्टड प्रेसिडेन्ट नुगल आनन्द बैद्य, प्रेसिडेन्ट बुद्धिप्रसाद आचार्य र प्रेसिडेन्ट इलेक्ट निलहरी कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै चार्टड प्रेसिडेन्ट नुगल आनन्द बैद्यले रोटरीले सन् २००६ देखि विभिन्न क्षेत्रमा रोड सेफ्टीसम्वन्धी विभिन्न संघ संस्थासँगको सहकार्यमा कार्यक्रम गर्दै आएको र हाल फोटो पत्रकारहरुसँग जोडिएर काम गर्न पाउँदा आफू र काठमाडौं सर्कल परिवारलाई खुशी लागेको बताए ।

नेपालमा बढ्दो सडक दुर्घटना एउटा चिन्ताको बिषय भएको भन्दै दूर्घटना न्यूनीकरण गर्न एकमात्र सरल उपाय भनेको आम जनमानसमा जनचेतना फैलाउनु भएकाले विद्यालयस्तरदेखि घर घरसम्म विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउनुपर्ने उनले बताए । जसका लागि सबै संघ संस्थासँग सहकार्य जरुरी रहेको बैद्यको भनाइ थियो । प्रेसिडेन्ट बुद्धिप्रसाद आचार्यले सडक सुरक्षासम्बन्धी फोटो प्रदर्शनीेले देश र समाजका हरेक बर्ग र उमेर समूहमा सडक सचेतना विकास गर्न र सडक दूर्घटनाबाट ठूलो संख्यामा हुने जनधन क्षति न्यूनीकरणमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताए ।

फोटो पत्रकार क्लवका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेले दैनिकजसो सडक दुर्घटना र दुर्घटनाबाट ठूलो जनधनको क्षति न्यूनीकरण गर्ने जनचेतनामुलक क्रियाकलापमा क्लव जोडिन पाउँदा खुशी लागेको भन्दै बढ्दै गएको सडक दुर्घटना र दुर्घटनाले पारेको प्रभाव फोटोको माध्यमबाट बालबालिकादेखि आम जनमानस सम्म जनचेतना फैलाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । यस्तो महान सामाजिक कार्यमा सहकार्य गर्ने अवसर दिएकोमा रोटरी क्लव अफ काठमाडौं सर्कललाई धन्यवाद पनि उनले दिए । क्लवका पूर्व अध्यक्ष विकास कार्कीले फोटो पत्रकार क्लव बिगत लामो समयदेखि विभिन्न संघ सस्थासँगको सहकार्यमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै एउटा निस्वार्थ समाजसेवामा समर्पित रोटरी क्लव अफ काठमाडौ सर्कल जस्तो संस्थासँग जोडिएर सडक दुर्घटनासम्वन्धी फोटो प्रदर्शनी गर्ने अवसरले समाजलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

Health Tips Ad Road Block