skip this News Page Tips Ad Road Block

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, केडिट, प्लाटिनम केडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Health Tips Ad Road Block